काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुधार गर्न खोज्दा नेतृत्वको विरोध गरेको भन्दै प्रचार गरिएको गुनासो गरेका छन् । काठमाडौंको ठमेलस्थित आफ्नै निवासमा सोमबार कांग्रेस जिल्ला समन्वय समितिसँगको छलफलका क्रममाः कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए । कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन…