काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैतमा गर्ने भएको छ। यसअघि फागुनमा निर्वाचन हुने भनिएपनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालिएको त्रिविले जनाएको छ। त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचनको तयारी गर्नुपर्ने भएकाले फागुनमा नै स्ववियु निर्वाचन गर्न नसकिने बताए। उनले सबै विद्यार्थी सङ्गठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन…