निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन,उपचारका लागि काठमाडौं आउँदै

भीमदत्तनगर - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगन गरेका हुन् । गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उनीहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए । छोरीको हत्या…