काठमाण्डु – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार ‘ललितकलामा एआई’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेखक/पत्रकार अजय शर्माले एआई विषयमाथि पावर प्वान्टमार्फत प्रस्तुति दिएका थिए । प्रस्तुतिमा शर्माले एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा चर्चा गरेका थिए । शर्माको प्रस्तुतिमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गरेका…