विद्या भण्डारीप्रतिको नकारात्मक टिकाटिप्पणी अनुचित : शंकर पोखरेल

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी नकारात्मक टिकाटिप्पणी कडाईका साथ रोक्नुपर्ने पार्टीको निष्कर्ष सुनाएका छन्। एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिका रूपमा पुर्‍याएको योगदानलाई गौरवपूर्ण ठहर गर्दै उच्च सम्मान जनाएको छ। उक्त निर्णयको आधारमा महासचिव पोखरेलले हाल देखिएको नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै त्यसलाई तुरुन्त रोक्नुपर्ने बताएका हुन्। ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति विभिन्न…