काठमाडाैं–सरकारले पछिल्ला निर्णय सार्वजनिक गरेकाे छ। १४ माघमा बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गाेकुलप्रसाद बास्काेटाले नियमित पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् १. नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्ने आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिइएको…