काठमाडौं - पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा नेपाल विद्यार्थी संघ कास्कीले आगजनी गरेको छ। नेविसंघले शनिबार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो। दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ।…