पराजय भोग्ने डरले नेविसंघ स्ववियु निर्वाचनबाट भाग्न खोज्यो : अध्यक्ष तामाङ

काठमाडौं - अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भिर आरोप लगाएका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए । उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए । उनले भने,‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ…