भद्रपुर - झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए । सङ्गीताको शव शनिबार बिहान घर ल्याइपु¥याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको…