सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा - गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भने, “बाढी बस्तीमा पसेपछि…