विद्यालको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष मिसायो, १६ विद्यार्थी विरामी

मोरङ  - लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिउँदा मंगलबार बिहान १६ विद्यार्थी बिरामी परेका छन्। ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए। बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ। बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने…