काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गरेका हुन्। स्थानीय तहमा अनियमितता भएको,जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमा गम्भिर हुने जनप्रतिनिधीहरुलाई प्रधानमन्त्रीले आग्रह…