बैतडी - पाटनमा महिला सुरक्षित आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाले न्याय पाउन थालेका छन् । विसं २०७३ मंसिरदेखि सञ्चालनमा आएको उक्त आवासगृहबाट अहिलेसम्म हिंसामा परेका ७४ महिलाले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला आवासगृहमार्फत सजिलो भएको उनको भनाइ छ…