काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्। मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने’ प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन्। यसरी ‘कामचोर ठेकेदार’ लाई कारबाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको…