काठामाडौं – साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पक्राउ परेका छन् । स्वदेश फिर्ताका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालोझन्डा देखाउन खोज्ने नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले झण्डासहित विमानस्थलबाट पक्राउ गरेको हो । तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक…