नेपालगञ्ज – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २–३ दिनमा संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बन्ने खुलासा गरेका छन् । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनले नेपालगञ्जमा आयोजना गरेको ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संयन्त्र बनेपछि संविधानको संशोधन गर्नुपर्ने विषयबारे छलफल गरिने बताए ।…