सरकारी विधेयकमा सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माको असहमति

झापा – सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल विधेयकको विरोध भइरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका छन् । बिहीबार आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने…