कांग्रेस बैठक : एजेण्डा छाडेर नेताहरू घोचपेचमा

काठमाण्डु : गत १६ असारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रस्तुत एजेन्डा छाडेर नेताहरू आरोप–प्रत्यारोप र घोचपेचमा व्यस्त भएका छन् । प्रस्तावित विषयगत एजेण्डाभन्दा बाहिर गएर नेताहरू ‘वाक युद्ध’मा उत्रिएका छन् । बैठक गम्भीर छलफल र वैचारिक तथा समीक्षात्मक बहस गर्नुपर्नेमा नेताहरू एकअर्कोप्रति आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । जारी केन्द्रीय समिति बैठकमा नेताहरूले गरिरहेको विष…