काठमाडौ - उखु किसानको भुक्तानी नगर्ने सुनसरीको इस्टर्न सुगर मिलका वित्त प्रबन्धक वृजमोहन गुप्तालाई प्रहरीले पक्राउ परेपछि उक्त मिलले उधारो उखुको पैसा भुक्तानी सुरु गरेको छ। भुक्तानी दिने सूचना जारी गरेर पनि नदिएपछि गुप्तालाई सुनसरी प्रहरीले सोमबार पक्राउ गरेको थियो। मिलका सञ्चालकले मंगलबारदेखि नै किसानको भुक्तानी सुरु गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।…