काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको बताएका छन् । सोमबार काठमाडौंमा विभूति सीता जन्मजयन्तीको अवसर पारेर उक्त कार्यक्रममा बोल्दै प्रचण्डले हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको बताए । उनले त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि बताए…