संसद्को अधिवेशन तत्काल आह्वान नभए प्रतिपक्षी ७ दलले माग गर्न सक्लान् ‘विशेष अधिवेशन’ ?

काठमाण्डु – प्रतिपक्षी ७ दलले शुक्रबारको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरे । तत्काल संसद्को अधिवेशन बोलाउनुपर्ने मागमा प्रतिपक्षमा रहेका सबै दल सहमत देखिएका छन् । बैठकपछि जारी संयुक्त वक्तव्यमा लेखिएको छ, ‘सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र…