काठमाण्डु – नेकपा एमालेले पार्टी सदस्यबाट समेत निष्कासित गरेपछि नेता डा. भीम रावलले ल्याएको मातृभूमि जागरण अभियान, नेपालको अवधारणा सार्वजनिक भएको छ । पूर्वउपप्रधान, रक्षा र गृहमन्त्री समेत रहेका नेता रावलले ४ पृष्ठको संक्षिप्त जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनको नारा छ, ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झण्डा उठाऔं, मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र…