काठमाण्डु- कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेतर्फको बयान भएको थियो । सरकारी वकिलहरूले बहस नगरेपछि आइतबार उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । सोमवार सरकारी वकिलतर्फको थुनछेक बहस पुनः…