काठमाडौं – नियुक्त भएको तीन महिना बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन्। उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएका हुन्। उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापासहित सात मन्त्री र १४ राज्यमन्त्रीले आफ्नै मन्त्रिपरिषद्को निर्णय र भ्रष्टाचार निवारण ऐन अवज्ञा गर्दै विवरण बुझाउन आनाकानी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर…