काठमाडौं–शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जादाजादै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । नयां सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही सचिव बिदामा बस्न थालेका छन् भने केहीचाहि विभिन्न बहाना बनाउदै हाजिर गरेर ‘कार्यक्रम छ’ भन्दै निस्कन थालेका छन्…