काठमाडौं - राष्ट्रिय सेवा दलको युवा आदान प्रदान कार्यक्रम २०७५ (युथ एक्सचेन्ज प्रोग्राम–२०१९) अन्र्तगत नेपालमा रहेका विभिन्न ६ देशका युवाहरुले आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग अन्तक्र्रिया गरेका छन् । नेपाली सेनाको मुख्यालयमा आयोजित अन्तक्र्रियामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र नेपालका गरी झण्डै ७६ जना क्याडेटको सहभागीता रहेको थियो । युवा वर्गमा व्यक्तित्व विकास…