जोखिमपूर्ण यात्रामा रहेका १९ जना नेपाली महिलाको नेपालगञ्ज नाकाबाट उद्धार

नेपालगञ्ज - नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका १९ जना नेपनली महिलालाई फिर्ता गराइएको छ । वैदेशिक रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक जान थालेका १९ जना नेपाली महिलालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको हो । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक वसन्त…