काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई जना नायव सुुब्बालाई ३० हजार घुससहित पक्राउ गरेको छ। जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल पक्राउ परेका हुन्। सेवाग्राहीले कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई दिएका थिए।…