चितवन– चितवनको बाँदरमुढे घटनाका पीडितहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भव्य स्वागत गरेका छन्। माओवादी जनयुद्धका क्रममा चितवनको बाँदरमुढेमा भएको घटनाका पीडितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन्। अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीडितहरूले बाँदरमुढेको नाममा धेरैले राजनीति गरेको बताए। ‘समस्याको हल द्वेष र द्वन्दबाट…