काठमाडौं– प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले बुटवलस्थित श्री मध्य पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण गरेका छन्। निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतनाको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन भएका तयारीहरुको बिषयमा जानकारी हासिल गरेका थिए। …