काठमाडौं–नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले धादिङकी धमला र पोखराका पौडेललाई सदस्यमा नियुक्त गरेको जनाएको छ । विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध धमला लाङटाङ री ट्रेक एक्सिपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुन् । । …