अमरगढी - सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहुंदा यातायात बन्द भएको छ । दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा चलेको छैन । दार्चुला, बैतडी र बझाङसहित अन्य जिल्लाका लागि छुट्ने लामो…