काठमाडौं– कपिलवस्तुमा १४ किलो चरेससहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गणेशपुर र इलाका वन कार्यालय गुगौली कपिलवस्तुले चरेससहित बिजयनगर गाउँपालिका–२ लोहरौला बिन्तीराम थारु र रोल्पाको तेलाङ २ का दीपक रोका मगर रहेका छन्। सिमेन्टको बोरामा लुकाएर ल्याएको चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।