काठमाण्डौं– एमाले, माओवादी केन्द्र र नयां शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र बांडफांड र संयुक्त घोषणापत्र तयार गर्न छुट्टाछुट्टै समिति बनाएको छ । एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले समितिहरू बनाएको हो । उम्मेदवारीका लागि क्षेत्र निर्धारण समितिमा एमाले र माओवादी केन्द्रबाट तीन–तीन र नयँ शक्तिबाट एकसहित सात सदस्य…