कालीकोट– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कालीकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालीकोट पुग्नु भएका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताएका हुन्। मुख्यमन्त्री शाहीले पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार रु पाँच…