राँझा- इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् । प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् । “बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला भनेर कार्यालयमै आउनुस् भनेको…