काठमाण्डु– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन् । वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका हुन् । महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्नेछन् । टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन्…