कोरिया जाने कामदारको २३ प्रतिशतले भाडा घट्यो

काठमाडौँ — रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत दिने रकममा २३ प्रतिशत घटेको छ । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर ९४५ हजार २ सय ९२ रुपैयाँ दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले विद्युतीय बोलपत्र आब्हान गरी भाडादर घटाएको हो ।…