कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग

सुर्खेत -कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाए।…