लहान - सेवाग्राहीसँग घुसबापत लिएको ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो ।टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको…