काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताएका छन्। सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समूहका नेता तथा कार्यकर्ताहरुलाई शनिबार खुमलटारमा स्वागत गर्दै प्रचण्डले भने, ‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०/२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’…