काठमाडौं -वैदेशिक रोजगार विभागले ११ महिलालाई कुवेतका लागि नक्कली प्रवेशाज्ञा (भिसा)मा श्रम स्वीकृति दिएको खुलासा भएको छ।विभागको ताहाचलस्थित काठमाडौं कार्यालयका कर्मचारीले बानेश्वरको गुड सर्भिस इन्टरनेसनल प्रालिका सञ्चालकसँगको मिलेमतोमा नक्कली भिसामा ११ महिलालाई संस्थागत श्रम स्वीकृति दिलाएका हुन्। त्यही स्वीकृतिलाई विमानस्थलको श्रम डेस्कले छाप लगाइदिएको थियो। विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका १० जनालाई फागुन १ गते…