काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरू सोमबार काठमाण्डुमा आयोजित सांस्कृतिक कार्यक्रममा गीत गाएर, नाचेर रमाएका छन् । ‘सामना सांस्कृतिक अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा नेता विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले क्रान्तिका गीत गाएर नृत्यमा सहभागी…