लिची खाँदा ख्याल नगरे ज्यानै जान सक्छ, जानौं फाइदा–बेफाइदाबारे

काठमाण्डु– यतिखेर लिचीको सिजन चलेको छ । स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ लिचीलाई । लिचीमा भिटामिन ए, सी र बी, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन लगायतका पोषण तत्वहरु पाइन्छ । लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ…