दुर्गाको मायाले तानेको मोहनविक्रमलाई आरोप

प्युठान - दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्।         उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ।…