काठमाडौं - विशेष अदालतले एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गर्ने काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले तीन वर्षपछि फैसला सुनाएको हो । ०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा…