बझाङ– प्रहरीले बझाङमा ४५ किलोग्राम (केजी) चरेससहित दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको प्रदेश नम्बर ७, प्रहरी अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले छबिसापथिभेरा गाउँपालिका–१ भाडे बजारस्थित तारुगाड लघुजलविद्युत आयोजनाको निर्माणाधिन पावर हाउसको हाताभित्र बिक्रीका लागि राखिएको चरेस बरमद गरेको हो। चरेससँगै ४७ हजार रुपैयाँ पनि बरामद भएको जनाइएको छ। …