काठमाडौंः निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारप्रति ध्यानाकर्षण भएको जनाएको छ। निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार तीन मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिमण्डल सदस्यको संख्या ५४ पुर्याएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो। निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न÷गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको…