काठमाडौं–उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन गरिएको छ। मन्त्रिपरिषद्को भदौ १९ गतेको बैठकको निर्णयअनुसार प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न आयोग गठन गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता एवं आयोगका सदस्यसचिव डा. हरि लम्सालले जानकारी दिए। आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा…