काठमाण्डु – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकार कांग्रेस र एमाले बीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले सरकार गठनमा २ ठूला दलबीच गहिरो सहमति रहेको बताए । उनले भने, ‘अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमाले बीचको मजबुत समझदारीका आधारमा बनेको हो…